काठमाडौं । वायुसेवा सञ्चालक संघले हवाइ भाडा घटाएको छ । नेपाल आयल निगमले हवाइ इन्धनको भाडा घटाएसँगै संघले उडानको पनि भाडा घटाएको हो । हवाई इन्धनको साविकको १ सय ७० रुपैयाँ प्रतिलिटर मूल्यमा १० रुपैयाँ घटाएपछि आन्तरिक उडानमा रहेका वायुसेवाको हवाई भाडा अर्न्तगत फ्युल सरचार्ज ५।९ प्रतिशले घटेको छ ।
संघका अनुसार काठमाडौंबाट भद्रपुरसको ३०० र विराटनगरको २४० रुपैयाँ घटेको छ । त्यस्तै, माउन्टेन फ्लाइटको ३४५ रुपैयाँ घटेको छ । यसैगरी जनकपुरकको भाडा १३० रुपैयाँ र भरतपुरको १०५ रुपैयाँले घटेको छ । यता पोखराको १५५ रुपैयाँ हवाई भाडा घटेको छ । सबैभन्दा बढी भाडा काठमाडौंबाट धनगढीको उडानका लागि घटेको छ । यो रुटको भाडा ४४० रुपैयाँ भाडा घटेको हो ।
यस्तै काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ३ सय ४५ रुपैयाँले भाडा घटेको छ । अब माउन्टेन फ्लाइटको अधिकतम भाडा ५ हजार ४९० रुपैयाँ कायम भएको छ । काठमाडौंबाट भद्रपुरका लागि ३ सय रुपैयाँ भाडा घटेको छ । नयाँ अनुमोदन भएको फ्युल सरचार्जबारे प्राधिकरणले मंगलबार नेपाल वायुसेवा निगम, बुद्ध एयर, श्री एयरलायन्स, यति, समिट एयर, तारा एयर, सीता एयरलायन्स र सौर्य एयरलायन्सलाई कार्यान्वयनका लागि पठाएको छ ।


























