नवलपरासी । पूर्व–पश्चिम राजमार्ग अन्तरगत नवलपरासीको सरावलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकले ज्यान गुमाएका छन्। दुर्घटनामा अर्का युवा गम्भीर घाइते भएका छन् ।

सरावल गाउँपालिका १ सालबासस्थित पूर्वपश्चिम राजमार्गमा बुटवलतर्फ आउँदै गरेको प्रदेश नं. ३–०२–००६ प ९८३६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकलमा पछाडि सवार रुपन्देही शुद्धोधन गाउँपालिका अमहवा बस्ने २८ वर्षीय कमल परियारको मृत्यु भएको हो । प्रहरीले उनको मृत्यु भएको पुष्टि गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डीएसपी रेशम बोहराका अनुसार दुर्घटनामा मोटरसाइकल चालक नुवाकोटको लिखु गाउँपालिका–३ घर भएका २९ वर्षीय गोपाल लोहनी गम्भीर घाइते भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here