Coronavirus. COVID-19. 3D Render

काठमाडौं । नेपालमा कोरोना संक्रमण बढ्दै गएको छ । पछिल्लो दुई सातायता नेपालमा कोरोना संक्रमितको संख्या नियमित बढिरहेको हो ।

भारतबाट घर फर्किएका नेपालीहरूमा कोरोना संक्रमण देखिन थालेको छ । बाँकेस्थित नेपाल भारत सीमा जमुनाहा नाकाबाट नेपाल प्रवेश गरेकाहरूमा कोरोना संक्रमण पाइएको हो । भारतबाट नेपाल आएकाहरूमा कोरोना देखिएसँगै परीक्षणको दायरा पनि बढाइएको बताइएको छ । नेपालमा अहिले संक्रमितको संख्या बढ्नुमा ओमिक्रोनको नयाँ सब भेरियन्ट एक्सबीबी।१।१६ मुख्य कारक देखिएको छ ।

भारतमा गत जनवरीको दोस्रो साता एक्सबीबी १.१६ नामक नयाँ सब भेरियन्ट देखिन सुरु भएको थियो । यो ओमिक्रोनको सब भेरियन्ट रहेको विज्ञहरूले बताउँदै आएका छन् । कोरोना देखिएका र सामान्य लक्षण भएकाहरूलाई आइसोलेसनमा बस्न स्वास्थ मन्त्रालयले आग्रह समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here