काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । मंगलबार १ लाख ९ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ हजार रुपैयाँले बढेर १ लाख ११ हजार रुपैयाँमा कारोबार भईरहेको हो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ५ सय रुपैयाँमा निर्धारण भएको छ भने मंगलबार तोलाको १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यता चाँदीको मूल्य पनि ४० रुपैयाँले बढेर १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ९५ हजार १ सय ६ ५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ३४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here