काठमाडौँ । एनआईसी एशिया लघुवित्तको साढे चार लाख कित्ता शेयर साधारण शेयरमा रूपान्तरण हुने भएको छ । कम्पनीको ४ लाख ५७ हजार ८२१ दशमलव ३८ कित्ता शेयर साधारण शेयरमा रूपान्तरण गर्न नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको । यो कुल कायम रहेको शेयरको २.६३ प्रतिशत बराबर हो ।
यो रुपान्तरणसँगै साधारण शेयरको हिस्सा ३४.४४ प्रतिशत पुग्नेछ । अहिले रूपान्तरण हुन लागेको संस्थापक शेयर सबै संस्थापक शेयरधनीलाई संस्थापक शेयरको हिस्साको आधारमा समानुपातिक रूपमा वितरण हुने जनाइएको छ । अहिले एनआईशी एशियाको १ अर्ब ७३ करोड रुपैयाँ बराबरको चुक्ता पुँजी छ ।
एनआईसी एशिया बैंकले यसअघि स्वदेशी लघुवित्तलाई आफूमा गाभेको थियो । उक्त लघुवित्तलाई एक्लाएर गर्दा फेरिएको सेयर हिस्सालाई मिलाउन यस्तो रूपान्तरण गर्न लागिएको हो ।