काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९८ जनामा संक्रमण कोभिड १९ संक्रमण पुष्टि भएको छ । फेरि कोभिड १९ बाट संक्रमित हुनेको संख्या बढेसँगै बिहीबार एकैदिन ९८ जनामा संक्रमण पुष्टि भएको हो ।

१ हजार ४०२ नमूना परीक्षण गरिएकामा २७२ पीसीआर परीक्षणमा ६३ जना र १ हजार १३० जनाको एन्टिजेन परीक्षण गर्दा २२ जना गरी ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २८ जना डिस्चार्ज भएका छन् भने संक्रिय संक्रमितको संख्या ३५८ पुगेको छ । कोभिडका कारण एक जनाको पनि मृत्यु भएको छैन । पछिल्लो एक सातायता कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढेको छ । काठमाडौंका ठूला अस्पतालमा स्वास्थ्यकर्मी संक्रमित भएपछि सेवा प्रभावित हुन थालेका छन् ।

मीनभवनस्थित निजामती अस्पतालमा पछिल्लो १० दिनमा २५ जनाभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएका छन् । संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या बढेपछि संक्रमित कर्मचारीलाई पालैपालो होम आइसोलेसनमा राखेर ड्युटी मिलाइएको बताइएको छ । यस्तै, वीर अस्पतालमा पनि सात जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्रिवि शिक्षण अस्पतालमा पनि सातजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here