काठमाडौँ । नेकपा एमाले निकट अनेरास्ववियुले अस्कल क्याम्पस मदन भण्डारी स्पोर्टस् एकेडेमीका उपाध्यक्ष प्रकाश बयकमाथि प्रहरीले कुटपिट गरेको भन्दै सो घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । सो सङ्गठनका अध्यक्ष समिक बडालले बिहीबार एक विज्ञप्ति जारी गर्दै सो घटनाप्रति आपत्ति जनाएका हुन् ।

उनले नेपाल प्रहरीको यस किसिमको गैरकानुनी तवरको धरपकड र ज्यादती निन्दनीय रहेको बताउँदै यो घटनाको तत्काल छानबिन गरी दोषीहरूलाई कारबाही गर्न समेत जोडदार माग गरेका छन् । अन्यथा यस किसिमका गतिविधि विरुद्ध कडाभन्दा कडा आन्दोलनमा उत्रिन समेत सङ्गठन बाध्य हुने चेतावनी दिएका छन् ।

विज्ञप्तिमा बुधबार राति अन्दाजी ७ बजेतिर नेपाल प्रहरीको प्रतिनिधि हुँ भन्दै दरबार वृत्तको प्रहरीले अस्कल होस्टल बाहिर बोलाई उठाएर लगी टोखा पुर्‍याएर विभिन्न आरोपमा नाक, मुख र आँखा सुन्निने गरी कुटपिट गरेको आरोप लगाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here