काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरुबीच आइतबारको प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर हुने भएको छ । जसअनुसार सांसदहरुले प्रधानमन्त्रीलाई समसामयिक विषयमा प्रश्न गर्नका लागि नाम टिपाएका छन् ।
सांसदहरु प्रकाश अधिकारी, प्रकाश ज्वाला, डा प्रकाशशरण महत, प्रतिमा गौतम, प्रतिक्षा तिवारी, प्रभु साह, प्रभु हजारा, प्रेमबहादुर आलेले नाम टिकाएका छन् । यस्तै प्रेमबहादुर महर्जन, प्रेम सुवाल, वर्षमान पुन र बसन्त कुमार नेम्वाङले प्रश्नोत्तरका लागि नाम टिपाएका छन् ।