काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेकपा एमालेका उपमहासचिव पुथ्वीसुब्बा गुरुङले पार्टी संगठनहरुभित्र दक्षिणपन्थी अवसरवाद मौलाउँदै गएको बताएका छन् । बुधबार एमाले निकट प्रेस चौतारी नेपाल एशोसिएशन प्रदेश समितिको अधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री गुरुङले संठनका सदस्यहरू अनुशासनमा नबस्ने र विभिन्न बहानामा आवश्यक कारबाही गर्ने प्रवृत्ति बढेको बताए । उनले आफूले शपथ खुवाएको, आफन्त भएको र नातागोता पर्ने बहानामा अनुशासन विपरीत काम गर्ने संगठित सदस्यलाई कारबाही नगर्ने उदारवादको प्रवृत्तिको विकास हुँदै गएको उल्लेख गर्दै यस्तो गर्न नहुने बताए । संगठनमा रहेका खराब व्यक्तिहरूलाई समयमै निकाल्न नसके संगठन नै ध्वस्त हुने उनको भनाइ छ ।

उनले भने, ‘पार्टीभित्र रहेको दक्षिणपन्थी अवसरवाद हो । अवसरवादका कस्ता खालका प्रवृत्तिहरू छन् तपाईँलाई थाहा छ ? व्यक्तिवाद दक्षिणपन्थी अवसरवादको पहिलो प्रवृत्ति हो । त्यसका बारेमा मैले व्याख्या गर्नै पर्दैन । अर्को, उदारवाद । विभिन्न बहानामा आफ्नो हो भनेर कारबाही नगर्ने प्रवृत्ति मौलाउँदै गएको छ ।’

अनुशासन बिना कुनैपनि लडाईं जित्न नसकिने उल्लेख गर्दै मन्त्री गुरुङले पार्टी निकट संगठनका सदस्यहरूलाई अनुशासनमा बसी पार्टी निर्णयअनुसार काम गर्न आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here