काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका छन् । शुक्रबार मेयर साहले आधिकारिक फेसबुक पेजमा लेख्दै मेयर साहले फोहोर नउठाउने घोषणा गरेका हुन् ।
उनले लेखेका छन्, आज बाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।
काठमाडौं महानगरले अतिक्रमित संरचना र बागमति किनार अतिक्रमण गरी बसेकालाई हटाउन खोज्दा केन्द्र सरकारले महसुस गरेका मेयर साहले आजदेखि सिंहदरबारलाई असहयोग गर्ने संकेत गरेका हुन् ।


























