सर्लाही । सर्लाहीमा नक्कली नोटसहित एकजना पक्राउ परेका छन् । बलरा नगरपालिका ५ अर्नाहा बस्ने ३० वर्षीय राम प्रसाद राय २ सय ६८ थान नक्कली नोटसहित पक्राउ परेका हुन् ।
राम प्रसाद राय जिल्लाको बरहथवा नगरपालिका १७ बागमती सिचाई नहरस्थित सडकबाट नेपाली एक हजार दरको २ सय ६८ थान नक्कली नोटसहित पक्राउ परेका थिए । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय बरथहवाबाट खटिएको प्रहरीले बिआर ३० एम ३८२५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा रायको साथबाट नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


























