काठमाडौं । जब्बोर कायुमोभ निजी दूरसञ्चार सेवा प्रदायक एनसेलको मातृ कम्पनी ‘आजियाटा’ को प्रमुख कार्यकारी अधिकृत सिइओमा नियुक्त भएका छन् । हालै सम्पन्न आजियाटाको बोर्ड बैठकले कायुमोभ मे १० बाट एनसेलमा सीईओको कार्यभार सम्हाल्ने गरी नियुक्त भएका हुन् ।
कायुमोभ विगत १५ वर्षभन्दा बढी समय दूरसञ्चार उद्योगका विभिन्न कम्पनीमा उच्च पदमा रहेर काम गरेको अनुभवि व्यक्ति हुन् । नवनियुक्त सिइओ जब्बोर कायुमोभले यसअघि नै सन् २०१३ मेदेखि २०१६ अक्टोबरसम्म स्मार्ट टेलिकमको सीसीओरसीइओ भएर काम गरिसकेका छन् ।
कम्पनीले यसअघिका सिइओ एन्डी चोङलाई बढुवा गर्दै मुख्य कम्पनी आजियाटामा नै फिर्ता बोलाएको छ । उनी अहिले एनसेलको अभिभावक कम्पनी आजियाटा ग्रुपको चिफ कर्पोरेट अफिसर सीसीओका रूपमा नियुक्त भएका छन् । एन्डी चोङ सन् २०१९ नोभेम्बरमा एनसेलको सीइओ र प्रबन्ध निर्देशकमा नियुक्त भएका थिए ।