काठमाडौं । एकल महिलाबाट जन्म भएका बच्चाको आमाकै थर र ठेगानाबाट जन्मदर्ता गर्नेगरी नयाँ परिपत्र जारी भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले लैङ्गिक भूमिकालाई उच्च सम्मान गर्दै नेपालको संविधानको धारा ३९ अनुसार संरक्षण गर्न प्रत्येक बालबालिकालाई आफ्नो पहिचानसहित नामकरण र जन्मदर्ताको लागि नयाँ परिपत्र जारी गरेको हो ।

विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितले यसअघि जारी भएका परिपत्रलाई थप स्पष्ट पार्नुपर्ने भएकाले आज केही बुँदाहरु थप गरेर नयाँ परिपत्र जारी गरेको बताएका छन् । विभागद्वारा जारी आठबुँदे परिपत्रमा एकल महिलाबाट जन्म भएको तर पितृत्वको ठेगान नलागेको बच्चाको जन्मदर्ता गर्दा आमाको थर र स्थायी ठेगाना राखी जन्मदर्ता गरिदिने उल्लेख छ ।

यस्तै, विवाह अघि बच्चाको जन्म भएको एकल महिलाले विवाह गरी पतिको ठेगानामा सँगै बसेको अवस्थामा आमा सूचक भई बच्चा जन्मँदा कायम भएको आमाको थर राखी हालको स्थायी ठेगानामा जन्मदर्ता गरिदिन र यदि बच्चा मावलीमा बसेको भए सोही ठेगानामा जन्मदर्ता गरिदिन भनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here