काठमाडौं । नक्कली विज्ञापन राखेर ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । हुम्ला घर भई भक्तपुर बस्ने उपेन्द्र शाही अनलाइनमा आइफोन १४ प्रोम्याक्स मोवाइल सस्तोमा दिने भन्दै विज्ञापन राखेको र मोवाइल किन्न सम्पर्कमा आएका व्यक्तिसँग रकम लिएर सम्पर्कविहीन भएको आरोप पक्राउ परेका हुन् ।
हाम्रो बजार डटकम नामक अनलाइनमा आइफोन १४ प्रोम्याक्स मोवाइल सस्तोमा दिने भन्दै विज्ञापन राखेको र मोवाइल किन्न सम्पर्कमा आएका व्यक्तिसँगमोवाइलको मूल्य, डेलिभरी चार्ज र कुरियर चार्जजस्ता विभिन्न प्रयोजनमा रकम लाग्छ भनेर बैंक खाता, ईसेवा तथा खल्ती वालेटबाट रकम पठाउन लगाएको पाइएको आरोपमा प्रहरीले पक्राउ गरेको जनकारी दिएका छन् ।
उनलाई ठगीसम्बन्धी कसूरमा अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको उनले बताए ।