काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सोमबार पनि अमेरिकी डलरको कारोबार स्थिर रहेको विनिमयदर सार्वजनिक भएको हो । जस अनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३० रुपैयाँ ७२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३२ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १४२ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३१ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १६२ रुपैयाँ २९ पैसा र बिक्रीदर १६३ रुपैयाँ ०३ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ९४ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ रहेको ८४ पैसा रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here