काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी विनिमयदरको दरभाउ तोक्दै अमेरिकी डलरको बिक्री र खरिद मूल्य तय गरेको हो ।
जस अनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३० रुपैयाँ ८८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४८ पैसा रहेको छ । युरो एकको खरिददर १४२ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४३ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १६२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५० पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ९४ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ रहेको ८९ पैसा रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ ५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
