एजेन्सी । फ्रेन्च फुटबल लिग वान अन्तर्गत पेरिस सेन्ट जर्मेन पिएसजीले सहज जित निकालेको छ । गएराति भएको खेलमा पिएसजीले आरसी लेन्सलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
पिएसजीलाई जित दिलाउन किलियन एम्बापे, भिटिन्हा र लियोनल मेसीले एक–एक गोल गरे । लेन्सका फ्रांकोस्कीले एक गोल फर्काए । उनले खेलको ६० औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् । यता, १९ औं मिनेटमा नै सालिस अब्दुल समेदले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लेन्स १० खेलाडीमा समेटिएको थियो ।
३७ औं मिनेटमा भिटिन्हा र ४० औं मिनेटमा मेसीले गोल गर्दा पिएसजीले पहिलो हाफमै तिन गोल गरेको हो । जितसँगै पिएसजी ३१ खेलबाट ७२ अंकका साथ शीर्षस्थानमा यथावत छ । समान खेलबाट ६३ अंकका साथ लेन्स दोस्रो स्थानमा रहेको छ ।


























