काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पदबहाली गरेका छन् । नवनियुक्त साउदले आइतबार पद तथा गोपनीयताको शपथ लिएपछि सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर पदबहाली गरेका हुन् ।
परराष्ट्रमन्त्री साउदले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरु गरिहाल्ने बताएका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका लागि छलफल अगाडि बढाउने बताएका हुन् ।
मन्त्री साउदले नेपाल शान्तिपूर्ण मुलुक रहेको र संसारका सबै देशसँग सुमधुर सम्बन्ध रहेको बताएका छन् ।


























