काठमाडौं । भक्तपुरको बालकोटमा ढल खन्ने क्रममा दुईजना मजदुर पुरिएका छन् ।

सूर्यविनायक नगरपालीका २ बालकोट रागिनी हाइटमा कौशलटारबाट सिरुटार जाने सडकको २० मिटर भित्रको बस्तीमा नयाँ ढलको विस्तार भइरहँदा ढिस्कोले दुईजना पुरिएका हुन् ।

उपचारका क्रममा सुनसरीको गढी गाउँपालिका २ स्थायी घर भई बालकोट बस्दै आएका २२ वर्षीय नितेश सदाको मृत्यु भएको छ भने सोही ठेगाना भएका ३० वर्षीय सियाराम सदाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here