काठमाडौं । ईङवा हाइड्रोपावरले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले वैशाख १३ गतेदेखि १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता सेयर आइपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले यसअघि नै आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरिसकेको छ । त्यस्तै, ७४ हजार ६५८ कित्ता सामूहिक लगानी कोष र २९ हजार ८६३ कित्ता कर्मचारीका लागि छुट्याइएको छ ।

बाँकी १२ लाख ६८ हजार ६३९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा वैशाख १७ गतेसम्म आवेदन दिन सकिनेछ । यो अवधिमा सबै सेयर बिक्री नभएमा वैशाख २७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here