काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध उपनिर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका तनहुँ संयोजक सूर्यमणि पौडेलले प्रधानमन्त्री दाहालले गठबन्धनका उम्मेदवारलाई जिताए मन्त्री, मुख्यमन्त्री बनाउनेजस्ता अनूचित प्रभाव पारेको आरोप लगाउदै तनहुँको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन् ।
पौडेलले प्रधानमन्त्री दाहालले अनूचित प्रभाव पारेको भन्दै कारबाहीको माग गरेका छन् । संयोजक पौडेलले बिहीबार प्रधानमन्त्रीसहित पूर्वप्रधानमन्त्रीहरू नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेर डुम्रेलगायतको क्षेत्रमा गएको र निर्वाचनसभामा भाषणको क्रममा मतदातामा अनूचित प्रभाव पारेको भन्दै कारबाहीको माग गरेका हुन् ।