जनकपुरधाम । कुमारी आमाका रूपमा चिनिने निहारिका राजपुत जनकपुरधाम उपमहानगरपालिका ४ विषहरा मिट क्याम्पसको छेउमै रहेको डेरामा अचेत अवस्थामा फेला परेकी छिन् । बिहीबार निहारिका अचेत अवस्थामा फेला परेपछि प्रहरीले उपचारका लागि प्रादेशिक अस्पताल लगेको छ ।
स्थानीयले निहारिका डेरामै छटपटाइरहेको भनेर प्रहरीलाई खबर गरेका थिए । डेरामा बस्ने छिमेकीलाई निहारिकाले ‘मलाई विष खुवायो’ भनेर अन्तिम शब्द बोल्दै ढलेको नाटक गरेकी थिइन् । तर जिल्ला प्रहरी कार्यालयले उनले विष नखाएको जनाकारी दिएको छ ।
विष सेवन गरेको आशंका गरिएको थियो तर अस्पतालले त्यस्तो केही छैन, अवस्था सामान्य भएको बताएको छ ।