काठमाडौं । उपनिर्वाचनका लागि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले उपनिर्वाचनका लागि आजबाट प्रचारप्रसार गर्न रोक लगाए सँगै वैशाख १०मा हुने उपनिर्वाचनका लागि मौन अवधि सुरु भएको हो ।
बिहीबार मध्यराति १२ बजेदेखि १० वैशाखसम्म मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने आयोगले बताएको छ । निवाृचन बारा–२, चितवन–२ र तनहुँ–१ मा प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचन हुँदै छ ।
आयोगले जारी गरेको विज्ञप्तिमा निर्वाचन कसुर तथा सजाय ऐन, ७३ को दफा २४ को उपदफा ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न तथा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिएकाले सम्बन्धित सबैमा स्मरण गराइएको जनाएको छ ।