काठमाडौं । स्मार्ट टेलिकमलाई दिएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको छ । अन्तरिम आदेशका लागि शुक्रबार भएको बहसपछि न्यायाधिशद्वय ध्रुवराज नन्द र दीपेन्द्रबहादुर बमको संयुक्त इजलासले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश गरेको हो ।
यसअघि स्मार्ट टेलिकमको लाइसेन्स खारेजविरुद्ध पाटन उच्च अदालतमा परेको रिटको प्रारम्भिक सुनुवाईमा अल्पकालीन अन्तरिम आदेश दिएर शुक्रबारका लागि दुवै पक्षलाई छलफलमा बोलाइएको थियो ।
निर्धारित समय र थप गरिएको समयमा पनि नविकरण नगरेको भन्दै सरकारले स्मार्ट टेलिकमको लाइसेन्स खारेज गर्नुका साथै सम्पत्ति नियन्त्रणमा लिने निर्णय गरेको थियो ।
 
            
 
	
