धनगढी । दार्चुलास्थित महाकाली नदीमा तुइनबाट खसेर बेपत्ता भएका ४५ वर्षीय सिङ्दलसिंह भण्डारीको शव फेला परेको छ । शनिवार दिउँसो बेपत्ता भएका व्यास गाउँपालिका–२ तल्लो दुम्लिङका भण्डारीको शव महाकाली नदी पारी भारततर्फ आधा घण्टाको दूरीमा फेला परेको हो ।

भन्डारीको शव भारतीय भू भागमा फेला परेको हो । सोही कारण भारतीय सीमा सुरक्षाबलले कानुनी प्रक्रिया पूरा गरेर मात्र नेपालको जिम्मा लगाउने बताइएको छ । मृतक भण्डारीका घरमा दुई छोरा र एक छोरी रहेकी छन् । उनकी श्रीमतीको चार वर्षअघि निधन भएको थियो ।

भण्डारी महाकाली पारी भारततर्फ रहेकी आमा जसोदा भण्डारीलाई लिन तुइन चढेर भारततर्फ जाँदै थिए । उनकी आमा सामान लिएर भारतीय सडक प्रयोग गर्दै घर फर्किदै थिइन् । उनी सामान किनमेल गरी दार्चुला सदरमुकाम खलङ्गाबाट भारतीय भू–भाग धारचुला हुँदै घर फर्किदै थिइन् । नेपालतर्फ सडक सुविधा नहुँदा सो ठाउँका स्थानीय भारतीय सडक प्रयोग गर्दै वारपार हुने गर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here