काठमाडौं । काठमाडौं काठमाडौं महानगरपालिकाले सिंहदरबारको फोहोर उठाउन सुरु गरेको छ । महानगरका मेयर बालेन साहले तीनदिनभित्र सिंहदरबारको फोहोर उठाउनु भन्ने सर्वोच्च अदालतको आदेश पालना गर्ने जनाएसँगै फोहोर उठाउन उठाउन सुरु गरेको हो ।
परिवर्तन सेवा कम्पनीले सोमबार आजदेखि फोहोर उठाएको छ । अदालतको आदेश अनुसार आजदेखि नै सिंहदरबारको फोहोर उठाउन थालिएको हो ।
सर्वोच्च अदालतले सिंहदरबारबाट नउठाइएको फोहोर ३ दिनभित्र उठाई बिसर्जन गर्न काठमाडौं महानगरपालिकाको नाममा आदेश जारी गरेको थियो ।