काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले दलहरुलाई रुपान्तरित हुन सन्देश दिएको बताएका छन् । बुधबार सामाजिक सजाल ट्वीटरबाट महामन्त्री शर्माले उपनिर्वाचनमा विजयी उम्मेदवारलाई बधाई दिँदै यस्तो बताएका हुन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दिएको छ । देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरुप आफूलाई बदल्नुछ । नवीन अभियानमा, नयाँ ढंगले जुट्नेछौं हामी ।’

देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुसार आफूलाई बदल्नुपर्ने बताएका छन् । मतदातालाई सम्मान प्रकट गर्दै महामन्त्री शर्माले पार्टी रुपान्तरणमा नयाँ ढंगले जुट्ने पनि बताएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here