काठमाडौं । गायिका माया पार्दे र दिनेश क्षेत्रीको सुमधुर आवाज रहेको लोक गीत सोल्टी सोल्टीनीको म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित मोडल तथा हास्य कलाकार सागर लम्साल बले र पछिल्लो समय की चर्चित मोडल अनु पराजुलीले अभिनय रहेको उक्त म्युजिक भिडियो सार्वजनिक भएको हो ।
मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेन्ज र मिक्सिङ्ग डोलराज बारघरे मगरले गरेका हुन् । रेकर्डिङ भने खुमन राना र सुमन रानाले गरेका छन् । राजु खड्को निर्माण रहेको उक्त म्युजिक भिडियोमा दिनेश क्षेत्रीको शब्द, सङ्गीत रहेको छ ।
गीतको भिडियोमा पुनम श्रेष्ठको निर्देशन रहेको छ । जसमा करण चैशिरले छायाङ्कन गरेका छन् भने भिडियोलाई राज कुमार मगरले सम्पादन गरेका हुन् । यस गीतलाई माया पार्देको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।