काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंका विद्यालयमा राजनीतिक कार्यक्रम गरे कारबाही गर्ने चेतावनी दिएको छ ।
बुधबार महानगरको शिक्षा विभागले एक सूचना जारी गर्दै महानगरपालिकाले विद्यालयमा हुने गरेका राजनीतिक कार्यक्रमप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै महानगरपालिकाले अब विद्यालयभित्र यस्ता कार्यक्रम गर्न नदिन विद्यालयहरुलाई निर्देशन दिएको हो । केही विद्यालयमा राजनीतिक दल र भातृ संगठनका कार्यक्रमहरु भएको प्रमाणसहित उजुरी प्राप्त भएको जनाएको छ ।
शिक्षा ऐन तथा नियमावली विपरीत राजनीतिक दल तथा उनीहरुका भातृ संगठनले कार्यक्रम गरेको स प्रमाणसहित उजुरी प्राप्त भएको भन्दै महानगरले यसमा गम्भीर ध्यानाकर्षण भएको विज्ञिप्तिमा उल्लेख गरेको छ ।