काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमयदर सर्वजानिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी विनिमयदरको दरभाउ तोक्दै अमेरिकी डलरको बिक्री र खरिद मूल्य तय गरेको हो ।
जस अनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३० रुपैयाँ ६५ पैसा र बिक्रीदर १३१ रुपैयाँ २५ पैसा रहेको छ । त्यस्तै, युरो एकको खरिददर १४४ रुपैयाँ ३४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ०१ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १६२ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६३ रुपैयाँ ७३ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ७८ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ८३ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ रहेको ८३ पैसा रहेको छ भने, बिक्रीदर ३४ रुपैयाँ ९९ रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैया २७ पैसा र बिक्रीदर २९ रुपैयाँ ४१ रुपैयाँ रहेको छ ।