काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संघीय संसद अन्तर्गतका संसदीय समितिमा रहने सदस्यको नाम संसद् सचिवालयलाई बुझाएको छ । प्रतिनिधिसभाका दशवटा विषयगत समितिमा तथा राष्ट्रिय सभासहितको संयुक्त समितिमा पार्टीवाट प्रतिनिधित्व गर्ने सदस्यको नाम बिहीबार एमालेले सभामुख देवराज घिमिरेलाई बुझाएको हो ।

एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले सभामुख देवराज घिमिरेलाई बुझाएको बिवरण अनुसार सो पार्टीका अध्यक्ष केपी शर्मा ओली अन्तर्राष्ट्रिय सबन्ध समितिमा रहने भएका छन् भने अर्थ समितिमा बिष्णु पौडेल रहेका छन । नामावली अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिः सुवास नेम्वाङ, सार्बजनिक लेखा समितिमा योगेश भट्टराईलगायतका नेता रहने भएका छन् ।

यसअघि भएको सहमति अनुसार एमालेले लेखा समिति, राष्ट्रियसभासहितको संयुक्त समिति राज्यको निर्देशक सिद्धान्त तथा निर्देशक समितिसहित ३ वटा समितिको नेतृत्व गर्दैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here