काठमाडौं । अग्नी मोटो इंकले येज्दी तीन नयाँ मोडलको मोटरसाइकलको बुकिङ खुल्ला गरेको छ । कम्पनीले भारतमा उत्पादन भएको येज्दीको तीन मोडलका मोटरसाइकल नेपाल ल्याई बुकिङ खुल्ला गरेको हो ।

तीन वटै मोडलको मूल्य यसअघि नै सार्वजनिक भइसकेको थियो । अग्नी मोटो इंकले एड्भेन्चर, रोडस्टार र स्क्रयाम्बलर गरी तीन मोडलका मोटरसाइकल उपलब्ध गराउने छ । तीन मोडल र विभिन्न १६ कलर अप्सनमा उपलब्ध हुने यज्दीका उत्पादन प्रिमियम सेग्मेन्टमा विक्री हुन लागेको हो ।

कम्पनीले यज्दी रोडस्टार मोटरसाइकलको मूल्य ९ लाख १६ हजार रुपैयाँदेखि ९ लाख २५ हजार रुपैयाँसम्म तोकेको छ । त्यस्तै, येज्दी स्क्रयाम्बलरको मूल्य ९ लाख ४८ हजार रुपैयाँदेखि ९ लाख ५६ हजार रुपैयाँसम्म रहेको छ । त्यसैगरी, येज्दी एड्भेन्चरको मूल्य ९ लाख ९६ हजारदेखि ९ लाख ९८ हजार रपैयाँसम्म रहने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here