काठमाडौं । कञ्चनपुरमा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । सडकमा रोकिएको ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको हो ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको कृष्णपुर नगरपालिका–५ को वनदेवी मन्दिर नजिकै सूपप्र ०२–००–४ प १८४६ नम्बरको मोटसाइकल र से १त २८२९ नम्बरको ट्र्याक्टरमा ठोक्किएको हो । दुर्घटनामा मोटरसाइकल चालक सवार वेदकोट नगरपालिका–१० का २८ वर्षीय तपेन्द्र बडुवालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, महेन्द्रनगरस्थित उद्योग वाणिज्य संघ अगाडि मोटरसाइकलले साइकललाई ठक्कर दिँदा ६८ को महेश्वरप्रसाद यादवको मृत्यु भएको छ । भीमदत्त नगरपालिका– १८ बस्ने वीरेन्द्र रावलले चलाएको म २ प ८३३३ मोटरसाइकलले साइकललाई ठक्कर दिँदा यादवको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here