काठमाडौं । आज मे फस्ट अर्थात् विश्व मजदुर दिवस । ज्याला मजदुरी तथा श्रमिकहरुको लागि बिशेष दिन । आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वका श्रमिकहरुले विविध कार्यक्रमका साथ यो दिवस मनाउने गर्दछन् ।

ज्याला मजदुरी तथा श्रमिकहरुको लागि ससम्मान गर्नेका साथै काम र कामदारप्रति सम्मान दिई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसहित बिभिन्न राजनीतिक दलका मजदुर संगठनको आयोजनामा बिभिन्न कार्यक्रम गरी यो दिवस देशैभरी मनाँदैछ । श्रमिक तथा श्रमजीबीहरुले मनाउने यस दिनलाइ नेपालमा भने राजनीति पार्टीहरुले आफ्नो पार्टी र संगठन तथा संघद्वारा आजको दिन मनाउने गरिन्छ ।

पार्टीका संगठनहरुले मनाउने दिवसमा आज राजधानीमा पार्टी बिशेष कार्यक्रममा नेकपा एमालेले राजधानीको भृकुटीमण्डपमा बृहत कार्यक्रमको आयोजना गरि मनाएको छ । नेपाल ट्रेड युनियन महासंघ जिफन्ट नेकपा एमाले ले १३४ औं अन्तराष्ट्रिय मजदुर दिवसको उपलक्ष्यमा बृहत र्यालीको आयोजना गरि मनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here