काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमयदर सर्वजानिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी विनिमयदरको दरभाउ तोक्दै अमेरिकी डलरको बिक्री र खरिद मूल्य तय गरेको हो ।

जस अनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३० रुपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रुपैयाँ २३ पैसा रहेको छ । त्यस्तै, युरो एकको खरिददर १४३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४७ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १६३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४६ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ६० पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ रहेको ८३ पैसा रहेको छ भने, बिक्रीदर ३४ रुपैयाँ ९९ रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैया २९ पैसा र बिक्रीदर २९ रुपैयाँ ४२ रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here