काठमाडौं । चीनको एक रासायनिक कारखानामा भएको विस्फोटमा परी नौ जनाको मृत्यु भएको छ । चीनको पूर्वी शान्दोङ प्रान्तको लियाओचेङ शहरमा हाइड्रोजन पेरोक्साइड उत्पादन गर्ने कारखानाको एक क्षेत्रमा सोमबार बिहान विस्फोट भएको राज्य सञ्चालित समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

घटनामा परी एक जना घाइते भएका र एक जना अझै सम्पर्कमा आउन नसकेको लियाओचेङको स्थानीय प्रशासनले जनाएको छ । एक जना घाइतेलाई तत्काल अस्पताल लगिएको छ र विस्फोटका कारण लागेको आगो निभाइएको छ । हराइरहेका एक व्यक्तिको खोजी जारी छ ।

यो प्लान्ट चीनको सरकारी स्वामित्वको समूह सिनोकेमको एक भाग लुक्सी केमिकल ग्रुपले सञ्चालन गर्दै आएको छ । विस्फोटको कारणबारे अनुसन्धान भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here