काठमाडौं । गायक राजन श्रेष्ठ र सिजसु श्रेष्ठको स्वर रहेको रानी बनाउछु नामक गीत सार्वजनिक भएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै ‘रानी बनाउछु’ नामक गीत सार्वजनिक भएको हो ।

यस गीतमा बिक्रम केसीको शब्द र राजन श्रेष्ठको संगीत रहेको छ । साहित्यकार बिमला हुमागाँई बोध श्रीको निर्देशन र रोशन बिश्वकर्माको कोरियोग्राफी, करण चैशिरको छायांकन, नबिन घर्ती मगरको सम्पादन गीत तयारी भएको हो ।

उक्त गीतको भिडियोमा सरोज प्रजा, सञ्चिता बोलाखे, बिधान मैनाली, प्रनिता रोकाया आदीको अभिनय रहेको छ । यस गीतलाई राजन श्रेष्ठ अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here