काठमाडौं । डी.आर सुजनको स्वर र साहित्यकार विमला हुमागाईँ (बोध श्री) को शब्द रहेको ‘खती’ गीत सार्वजनिक भएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरू आउने क्रम बढे सँगै नयाँ पृथक् खालको गीत सार्वजनिक भएको हो ।

‘खती’ गीतमा जन आन्दोलन, द्धन्द्धकालका कथा व्यथा, माओवादीले नेपाली जनताहरूलाई झुटो आश्वासन दिएर, धम्की दिएर भोट हाल्न लगाएको र माओवादीको जनयुद्धबाट धेरै व्यक्तिहरूको मृत्यु भएर परिवारमा पिडा थपिएको कुरालाई समेट्ने प्रयास गरिएको छ । साथै माओवादीले आन्दोलनको नाममा ज्यादती देखाएको र नेपाली चेलीबेटीहरूलाई बलात्कार गर्ने, हत्या गर्ने गरेको कुरा पनि म्युजिक भिडियोमा प्रस्तुत गर्न खोजिएको छ । माओवादी सरकारले केही दिन अघि अयोग्य लडाकुहरूलाई नेपाल सरकारबाट २ र २ लाख को दरले भत्ता दिने निर्णय पनि गरेको छ । यही निर्णय भएको बेला “खती” नामक गीत सार्वजनिक गरिएको कुरा निर्माण पक्षले बताएको छ ।

‘खती’ नामक गीतमा डी।आर सुजनको कथा तथा निर्देशन रहेको छ भने करण शैशिरको छायाङ्कन, विवेक सुनारको सम्पादन, मिलन विश्वकर्माको रङ्ग संयोजन रहेको छ । उक्त गीतको भिडियोमा रिता केसी, डी।आर सुजन, विमला हुमागाईँ ९बोध श्री०, सूर्य ओली, शुष्कमा खड्का, विमला तामाङ, भरत गोर्खाली, सुशान्त दो आदीको अभिनय रहेको छ । यस गीतलाई बोध अनलाइन टिभीबाट सार्वजनिक गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here