काठमाडौं । नेपाल चलचित्र प्राविधिक संघ नेफ्टाको चलचित्र अवार्डको मिति सारिएको छ । अमेरिकामा आउँदो जेठ १३ मा आयोजना हुने भनिएको ‘नेफ्टा चलचित्र अवार्ड’को एघारौं संस्करण आगामी साउन ६ गते हुने भएको हो ।

‘हाम्रो तयारीका लागि समय अपर्याप्त भएकाले मिति हेरफेर गरेका हौं, अर्को मितिमा अवार्डलाई थप समावेशी, वृहत र सफल तुल्याउन सजिलो हुनेछ’ नेफ्टा अध्यक्ष पुस्कर लामाले भन्नुभयो, ‘नयाँ तालिकाअनुसार यही वैशाख ३१ मा अवार्डका लागि सर्वश्रेष्ठ पाँचजनालाई मनोनयन गरिएको घोषणा गरिनेछ । उत्कृष्ट पाँचमा रहने चलचित्रकर्मीले अवार्डमा सहभागिता जनाउनेछन् ।’

‘हामी अवार्डलाई भव्यरूपमा सम्पन्न गर्दै नेपाली कला, संस्कृतिमार्फत चलचित्रको बजार विस्तारसमेत गर्न चाहन्छौं’, उहाँले भन्नुभयो । अध्यक्ष लामाका अनुसार २०७९ सालभित्र प्रदर्शन भएका चलचित्रले ४२ विधामा प्रतिस्पर्धा गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here