काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आइतबार दुई खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे शुरु हुने खेलमा मच्छिन्द्र फुटबल क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस्तै दिउँसो ३ बजे नै एन्फा कम्प्लेक्समा संकटा क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेल शुरु हुनेछ ।
१४ खेलमा २१ अंक जोडेर पाँचौँ स्थानमा रहेको मच्छिन्द्र छैटौँ जित निकाल्ने योजनामा छ। १४ खेलमा १९ अंक जोडेर नवौँ स्थानमा रहेको एपीएफ पनि छैटौँ जितको खोजीमा हुनेछ ।
१४ खेलमा १६ अंक जोडेर १३ औं स्थानमा रहेको संकटा आज पाँचौं जित निकाल्ने योजनामा छ । आर्मी छैटौँ जित निकाल्न चाहन्छ। ऊ १४ खेलमा २० अंक जोडेर छैटौँ स्थानमा छ ।