काठमाडौं । काठमाडौं महानगरले राजधानीका विभिन्न स्थानमा रहेका अव्यवस्थित तार हटाउने भएको छ । महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका प्रतिनिधिबीच आइतबार भएको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

यसअघि काठमाडौं महानगरपालिकाले १५ दिनको समय दिएर वैशाख २७ भित्र तार व्यवस्थापन नगरे काटिदिने सूचना सार्वजनिक गरेको थियो। महानगरको उक्त सूचनापछि इन्टरनेट सेवाप्रदायकले तार काटिए सेवा ‘ब्ल्याक आउट’ हुने जनाएका थिए । दूरसञ्चार प्राधिकरणले आइतबार मात्रै सूचना जारी गरेर इन्टरनेट अत्यावश्यकीय सेवा भएको यसको पूर्वाधारमा क्षति पुग्ने काम नगराउन अनुरोध गरेको थियो ।

सहमति अनुसार झुन्डिएका तार काट्ने र प्रयोग नभएका ५० प्रतिशत तार हटाइने उनको भनाइ छ। सेवाप्रदायकको गल्तीका कारण पनि कतिपय अवस्थामा तार व्यवस्थापनमा कठिनाइ भएकाले अबदेखि त्यस्तो अवस्था आउन नदिने प्रयास गरिने उनको भनाइ थियो । तार व्यवस्थापनसँग प्रत्यक्ष सरोकार राख्ने नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, एनसेल, नेपाल प्रहरीलाई समेत सहभागी हुन सार्वजनिक आह्वान गर्ने तयारी पनि प्राधिकरणले गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here