काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले चितवनका व्यवसायी शंकर कँडेल आत्महत्या प्रकरणमा निरन्तर खबरदारी गरिरहेको बताएका छन् । आइतवार सामाजिक संजालमार्फत सभापति लामिछानेले घटनाको अनुसन्धानमा कुनै कमी नहोस् भनेर निरन्तर खबरदारी गरिरहेको बताएका हुन् ।

उनले भने, घटनामा राजनीतिको रंग नपोतियोस् भनेर सचेत छु । म सत्य,न्याय र पीडितको पक्षमा छु । प्रहरी प्रशासनलाई घटनाको अनुसन्धानमा कसैले प्रभावित नपारोस् भनेर घच्घच्याइरहेको छु । आर्थिक समस्यासँग लडिरहेको चितवनमा बन्द हड्ताल केही नहोस् भनेर संयम पुर्वक सबै घटनाक्रमलाई नजिक बाट नियाली रहेको छु । म जिम्मेवार जनप्रतिनिधिको भुमिका निरन्तर निर्वाह गरीरहेको छु । चितवनले एउटा असल मानिस गुमाएकोमा अत्यन्तै दुखी छु । परिवारलाई सहन सक्ने शक्ति मिलोस् भनी निरन्तर प्रार्थना गरिरहेको छु ।’

उनले आफू मृतकको परिवारसँग निरन्तर संवादमा रहको र प्रशासनसँग निरन्तर समन्वय गरिरहेको बताएका छन् । केही दिनअघि चितवनका व्यवसायी शंकर कँडेलले आत्महत्या गरेका थिए । आत्महत्याको सत्य(तथ्य छानबिन होस भनेर अहिले त्यहाँ विरोधका कार्यक्रमहरू भइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here