काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमयदर सर्वजानिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी विनिमयदरको दरभाउ तोक्दै अमेरिकी डलरको बिक्री र खरिद मूल्य तय गरेको हो ।

जस अनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३० रुपैयाँ ५८ पैसा र बिक्रीदर १३१ रुपैयाँ १८ पैसा रहेको छ । त्यस्तै, युरो एकको खरिददर १४४ रुपैयाँ २६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९२ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १६५ रुपैयाँ ३७ पैसा र बिक्रीदर १६६ रुपैयाँ १३ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ६७ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ७२ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ रहेको ८२ पैसा रहेको छ भने, बिक्रीदर ३४ रुपैयाँ ९८ रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैया ३४ पैसा र बिक्रीदर २९ रुपैयाँ ५७ रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here