काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले मुलुकको अर्थतन्त्रको विकासका लागि नीतिगत साझा दृष्टिकोण तयार गर्नुपर्ने सुझाव दिएका छन् । मंगलबार प्रतिनिधि सभा चलिरहेको विनियोजित बजेट २०८० को सिद्धान्त र प्राथमिकता माथिको छलफलमा सम्बोधन गर्ने क्रममा भ्रष्टाचारको विषयमा कुनै पनि हदम्याद राख्न नहुने र भ्रष्टाचारका विषयमा राज्यले फाइल नभई फायर खोल्नुपर्ने बताएका

अबको दशक अर्थतन्त्रको विकासमा लाग्नुपर्ने बताउदै उनले भने, ‘सरकार र नीति क्षेत्रको काम स्पष्टरुपमा बाँडफाँट गरेर काम गर्नुपर्छ । ठूला लगानीका आयोजना र विकास निर्माण राज्यले गर्नुपर्छ । अन्य नीति क्षेत्र नेपालमा लगानीमैत्री वातावरण बनाउनुपर्ने जरुरी छ । भ्रष्टाचारका विरुद्ध फाइल मात्रै होइन फायर खोल्नुपर्छ राज्यले ।’ भ्रष्टाचारका फाइल खोल्दा र कारबाही प्रक्रिया अगाडि बढाउँदा निर्दोष कोही फस्नुहुन्न, दोषी कोही बच्नु पनि हुन्नु भन्ने दृष्टिकोण लिनुपर्ने शर्माको भनाइ छ ।

सांसद शर्माले नेपालको प्रशासनिक काम अझै झन्झटिलो भएकोले यस्तो व्यवस्थाको अन्त्य गर्नुपर्ने र सरकारले लहडका भरमा नभई विज्ञहरुको सुझावमा आधारमा प्रतिफल दिने विषयमा मात्र बजेट लगानी गर्न सुझाव दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here