काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगेको घटनामा संलग्न भएको आरोपमा थप २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरी रहेका छन् ।

उनीहरू उक्त घटनामा विचौलिएका रूपमा काम गरेको पाइएपछि उपत्यका अपराध अनुसन्धान काठमाडौंको टोलीले पक्राउ गरेको हो । उनीहरुलाई बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई आजै थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइसकेको पनि प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here