काठमाडौं । पाकिस्तानका पूर्व विदेशमन्त्री मोहमुद कुरैशी पनि पक्राउ परेका छन् । पूर्वप्रधानमन्त्री इमरान खान पक्राउको विरोधमा हिंसात्मक प्रदर्शन जारी रहेका बेला पूर्वविदेशमन्त्री कुरैशीलाई पनि प्रहरीले पक्राउ गरेको हो ।

कुरैशीले पक्राउ पर्नुअघि एक भिडियो सार्वजनिक गर्दै भनेका छन्, ‘मलाई पक्राउ गर्न प्रहरी आइसकेको छ । म एक सन्देश दिन चाहन्छु । यो आन्दोलन स्वतन्त्रताको लडाइँ हो र हामी यसमा संलग्न हुनुपर्छ । आज इमरान खान हिरासतमा छन् । यसले उनको ज्यानलाई खतरा छ ।’

पाकिस्तानमा इमरान खान पक्राउ परेपछि हिंस्रक विरोध प्रदर्शन जारी छ । पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले बुधवार अबेर राती देशवासीको नाममा सम्बोधनमा हिंसा गर्नेहरूलाई कडा चेतावनी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here