काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारका दोषीलाई कारबाही गर्नेभन्दा कसलाई कसरी तेजोबध गर्न सकिन्न भन्ने चाल चल्ने काम भइरहेको बताएका छन् । बिहीबारदेखि काठमाडौंमा सुरू भएको एमाले केन्द्रीय कमिटीको बैठकमा सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले प्रतिशोध राखेर वा पूर्वाग्रहपूर्ण ढंगले फसाउने फसाउने प्रयास भए एमाले चुप लागेर नबस्ने बताएका हुन् ।

ओलीले भने, ‘भ्रष्टाचारलाई निष्पक्ष ढंगले छानबिन गरेर दृढतापूर्वक दोषीमाथि कारबाही गर्न छाडेर कसरी कसलाई तेजोबध गर्न सकिन्छ भन्ने कुरा पनि चालेका छन् । दोषीलाई समातेर कठघरामा ल्याउनुपर्छ । तर कसैलाई फसाउनका लागि अनुसन्धानलाई कतातिर लैजाने भनेर चलखेल भएको, षड्यन्त्र भएको भन्ने प्रयास हुन्छ भने त्यो स्वीकार्य हुँदैन । पूर्वाग्रहपूर्ण ढंगले, निराधार ढंगले आरोप लगाउने र फसाउने, एमालेविरुद्ध लगातार वैमनस्यता प्रकट हुँदै आएको छ, यस्ता कुरामा हामी सजग हुनुपर्दछ ।ु

भ्रष्टाचार प्रकरणमा उच्च पदस्थ व्यक्तिहरू र एमालेकै नेताहरूको नामसमेत आइरहेको भन्दै जोसुकैको नाम आए पनि दोषी भए कारबाहीको दायरामा ल्याउनुपर्ने बताउदै उनले भने, ‘अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा विभिन्न व्यक्तिहरूको नाम आइरहेको छ, हाम्रै साथीहरूको नाम पनि परेको छ, यसमा हामी प्रष्ट हुनु जरुरी छ कि भ्रष्टाचार गर्ने कार्यमा जो सुकैको नाम आओस्, यदि दोषी छ भने उसलाई कारबाही हुनुपर्छ । तर जबसम्म मान्छे दोषी ठहर हुदैन, त्यतिबेलासम्म हामीले त्यस्तो आरोप लागेको व्यक्तिलाई दोषी करार गरिहाल्नु हुँदैन ।’

उनले राज्यको ढुकुटी छलछाम गरेर खल्तीमा हाल्ने काममा जोकोही भए पनि त्यसको प्रतिरोध गर्नुपर्ने बताए । उनले भ्रष्टाचारीको विरुद्वमा कसैले बोल्यो भने उसको मुख थुन्ने प्रयास भइरहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here