काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियासँगको टीट्वान्टी सिरिजका लागि नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । मलेसियाको घरेलु मैदानमा मे २९ बाट सुरु हुने ५ खेलको टी ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजका लागि रुबिना क्षेत्रीको कप्तानीमा १८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिएको हो ।
दोस्रो खेल मे ३० मा खेल्दा जुन १ मा तेस्रो खेल रहेको छ । जुन ३ मा चौथो र जुन ४ मा पाँचौ तथा अन्तिम खेल रहेको छ । पछिल्लोपटक नेपालले मलेसियामा नै गत बर्षको जुन १७ देखि २५ सम्म आयोजना भएको एसीसी महिला टी(ट्वान्टी च्याम्पियनसिप खेलेको थियो ।