काठमाडौं । अन्तर प्रदेश सार्वजनिक यातायातको भाडादर समायोजन भएको छ । इन्धनको मूल्यका आधारमा स्वचालित रूपमा भाडादर समायोजन भएको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागले इन्धनको मूल्य ५ प्रतिशत बढेमा वा घटेमा भाडा समायोजन गर्दै आएको छ । विभागका अनुसार यात्रुवाहक सवारीमा ३ दशमलव २० घटेको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ४ दशमलव १९ र तराईका मालवाहकमा ४ दशमलव ६५ प्रतिशत भाडा घटाइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here