काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लडाकु शिविर प्रकरणमा माओवादीले राज्यमाथि लुट र डकैती गरेको आरोप लगाएका छन् । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लडाकु शिविरमा कुनै भ्रष्टाचार भएको छैन भनिरहेको भन्दै पोखरेलले खुलेआम भएकाले त्यसलाई लुट र डकैती भन्नुपर्ने टिप्पणी गरेका हुन् ।

‘लुकेर गरेको भए पो भ्रष्टाचार र अनियमितता हुन्थ्यो । त्यो राज्य माथिको खुलेआम लुट थियो। डकैती थियो।’ पोखरेलले सामाजिक सञ्जालमा लखेका छन्। ‘अनि माओवादीका सुप्रिमोहरुलाई लागिरहेको पनि होला खुलेआम लुट र डकैतीलाई भ्रष्टाचार भन्न मिल्छ र ? महासचिव पोखरेलले लडाकुका नाममा राज्यले उपलब्ध गराएको सहयोग उनीहरुका कमाण्डरले लुटे र कसकसलाई बुझाए भन्ने कुरा खोजी गर्दा लुक्न नसक्ने उल्लेख गरेका छन्। वास्तविक ७–८ हजारको संख्यामा रहेका लडाकुलाई ३२–३३ हजार पुर्‍याएको कुरा प्रचण्ड आफैँले बोलेको अडियो सामाजिक सञ्जालमा सुरक्षित रहेको पोखरेलेको भनाइ छ ।

‘शिविरमा रहेकाहरुले बुझ्ने गरेको भत्ताको चेक उनीहरुका कमाण्डरले खोसेर राख्ने गरेको कुरा त्यहाँ बस्ने लडाकुहरुले धेरैपटक उठाउँदै आएको कुरा हो’, उनले लेखेका छन् ‘नेपाली जनताले शान्तिका नाममा ती सबै कुरालाई आजसम्म सहँदै आएका छन् ।’ बिहीबार प्रतिनिधिसभामा सांसदसँग प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्री प्रचण्डले लडाकु शिविरमा भ्रष्टाचारको कुरा कपोलकल्पित र पूर्वाग्रही रहेको भन्दै छानबिन गरेर दोषी ठहरिए जेल जान तयार रहेको प्रतिक्रिया दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here